डोल्पा। डाेल्पाका प्रमुख जिल्ला अधिकारी भिमराज काेइरालाले जिल्लाका विभिन्न सराेकारवाला निकायका प्रतिनिधि संग भेटघाट गरेका छन।
केही दिन अघि मात्र नख्खु कारागार देखि सरुवा भएर डाेल्पा पुगेका प्रजिअ काेईरालाले जिल्लाका सराेकारवाला निकाय बाट समग्र जिल्लाको अवस्था बारे जानकारी लिएका हुन ।



प्रजिअ काेईरालालाई जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया, ठुलीभेरी नगरपालिका डाेल्पाका प्रमुख सुवर्ण कुमार बुढा, नेकपा एमाले संविधान सभा सदस्य दूध कुमारी हमाल, डाेल्पाका अध्यक्ष लंक बहादुर राेकाया, नेपाली कांग्रेस डाेल्पाका सचिव हिक्मत बहादुर शाह, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य ओमेन्द्र केसी, नेकपा एकीकृत समाजवादी पार्टी डाेल्पाका नेता धर्मलाल बुढा, काईके गाउँपालिका डाेल्पाका प्रवक्ता रामचन्द्र राेकाया “उत्तम” नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा, उधाेग बाणिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढा, ठुलीभेरी ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारी, नेपाल रेडक्रस साेसाइटी डाेल्पाका मन्त्री गाेर्ख बहादुर बुुढा, पत्रकार टेक बहादुर शाही, पुर्वाधार विकास कार्यालय डाेल्पाका कार्यालय प्रमुख टेक हितान, स्वास्थ्य सेवा कार्यालय डाेल्पाकाे प्रमुख डाक्टर सिजन रावल, डिभिजन वन कार्यालय डाेल्पाकाे निमित्त प्रमुख डायमण्ड भण्डारी, मुकुटेश्वर अपांग सेवा समिति डाेल्पाका अध्यक्ष चन्द्र बहादुर राेकाया लगाएतले स्वागत गर्दै डाेल्पामा समग्र हिजाेकाे अवस्था, आजकाे अवस्था र आगामी दिनमा के गर्न सकिन्छ भन्ने विषयमा सल्लाह सुझाव दिएका थिए।
भेटघाट तथा छलफलमा जिल्लाकाे समग्र प्रशासनिक गतिविधि, सडक, यातायात, विधुत, संचार, अनियमितता, विकास निर्माण, विपद लगाएका समसामयिक विषयमा छलफल गरिएको छ।
प्रमुख जिल्ला अधिकारी काेइरालाले डाेल्पा जिल्लाका सबै निकाय संग सल्लाह समन्वय गरेर सामान्य नागरिकका आवश्यकतामा आधारित रही निष्पक्षरुपमा भेदभाव रहित तरिकाले सेवा प्रवाह गर्ने बताएका छन।
सरोकारवालाहरु सगको छलफलमा आँखाले देख्ने विकास गर्ने जिम्मा तपाईंको र मनले महसुस गर्नेगरी सेवा दिने जिम्मा आफ्नो रहेको बताउँदै डाेल्पाका साझा समस्यालाई कसरी हुन्छ नागरिकलाई सहज हुनेगरी काम गर्ने उनले बताएका छन।











