ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

भारतको उत्तराखण्डबाट भालुको पित्त सहित एकजना नेपाली पक्राउ परेका छन् । उत्तराखण्ड राज्यलाई लागुऔषध मुक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको “ड्रग फ्री देवभूमि अभियान अन्तर्गत चेकजाँचको क्रममा पिथौरागढ प्रहरीले ठूलो मात्रामा तस्करीको सामानसहित डोल्पाका सुर्यबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो ।

धारचुला कोतवाली प्रहरी,एसओजी र वन विभागको संयुक्त टोलीले धारचुलातर्फ जाँदै गरेको डोल्पा जिल्ला घर भएका बुढाथोकीलाई चेकजाँच गर्दा २ किलो ३ सय ग्राम चरेस र १ सय ७५ ग्राम भालुको पित्तसहित पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

बरामद गरिएको चरेसको अन्तर्राष्ट्रिय बजार मूल्य झण्डै ४ लाख ६० हजार भारतीय रुपैयाँ अनुमान गरिएको छ भने १ सय ७५ ग्राम भालुको पित्तको मूल्य झण्डै १ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।

पक्राउ परेका बुढाथोकीमाथि एनडीपीएस ऐन ८ र २० अन्तर्गत लागू औषध मुद्दा र वन्यजन्तु संरक्षण ऐन ४० ४९,५०र५१ अनुसार धारचुला कोतवालीमा मुद्दा दर्ता गरी आवश्यक कानुनी कारवाही हुने भारतीय एसएस बिले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP