ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

सुर्खेत : कर्णालीका १० जिल्लाका युवा मानवअधिकार रक्षक सञ्जाल समितिले हालै देशका विभिन्न स्थानमा भइरहेको जेन-जी (Gen-Z) पुस्ताद्वारा सञ्चालित आन्दोलनका क्रममा राज्य पक्षबाट भएको बल प्रयोग, गोली प्रहार, हिंसा, युवा र बालबालिकाको हत्या तथा सयौं घाइतेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयुक्त प्रेस विज्ञप्ति निकालेका छन्।

 

ग्रामीण युवा अभियान (रोयम) नेपाल द्वारा गठित ‘ मानवअधिकार तथा  सामाजिक न्याय अभियान ‘ मानव अधिकार रक्षक सन्जाल कर्णाली प्रदेशले कर्णालीका १० वटै जिल्लाका पदाधिकारीहरुको संयुक्त हस्ताक्षर सगै जारी विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रताको नियन्त्रण, सामाजिक सञ्जालमाथि लगाइएको बन्देज र नागरिकबाट उठाइएको करको दुरुपयोग तथा भ्रष्टाचारविरुद्ध भइरहेको अनलाइन अभियान र सडक आन्दोलनलाई दमन गर्नु मानव अधिकारको दमन भएको उल्लेख गरेको छ ।

 

सञ्जालका अनुसार, सुशासन र रोजगारीको माग गर्दै शान्तिपूर्ण रूपमा आफ्नो असन्तोष प्रकट गर्न पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार हो। तर प्रदर्शनकारीमाथि राज्य संयन्त्रले गरेको अत्यधिक बल प्रयोग र क्रूर व्यवहारले लोकतान्त्रिक मूल्य र मानवअधिकारको गम्भीर उल्लंघन भएको सञ्जालको आरोप छ।

सञ्जालले विज्ञप्ति जारी गर्दै सरकारलाई आन्दोलनका क्रममा ज्यान गुमाएका युवा, बालबालिका तथा नागरिकका परिवारलाई तत्काल क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न स्वतन्त्र तथा निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने, घाइते भएकालाई निःशुल्क उपचार तथा उचित क्षतिपूर्ति उपलब्ध गरिनुपर्ने, मानसिक आघात व्यहोरेका युवाहरूलाई मनोसामाजिक सहयोग र पुनर्स्थापना सेवाहरू तुरुन्त उपलब्ध गराउनुपर्ने, युवाको आवाजलाई दमन नगरी, संवाद र शान्तिपूर्ण समाधानको बाटो अपनाउनुपर्ने, शान्तिपूर्ण विरोधमा सहभागी हुने नागरिकको सुरक्षा सरकारले सुनिश्चित गर्नुपर्ने,वार्ता र सहमतिको माध्यमबाट आन्दोलनरत युवाहरूका जायज मागहरू पूरा गर्नुपर्ने सहितका मागहरू अघि सारेको छ।

 

सञ्जालद्वारा कर्णालीका सबै जिल्लाका युवा मानव अधिकार रक्षक सञ्जालहरूको संयुक्त हस्ताक्षर सहित निकालिएको विज्ञप्तिमा भनिएको छ ‘युवा पुस्ता राष्ट्रको भविष्यका आधारस्तम्भ हुन्। उनीहरूको अधिकार, स्वतन्त्रता र सुरक्षामाथि भएको आघात राष्ट्रकै भविष्यमाथिको प्रहार हो।’

हेर्नुहोस् विज्ञप्ति

 

युवा मानव अधिकार रक्षक सञ्जालले सबै पक्षलाई अहिंसा, शान्तिपूर्ण संवाद र परस्पर सम्मानमार्फत समस्याको समाधान खोज्न आग्रह समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP