काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंकबादी भन्दै कडा शब्दमा प्रहार गरेका छन्।
सामाजिक सञ्जाल फेसबूक मार्फत बालेनले ओलीलाई “आतङ्कवादी” समेत सम्बोधन गर्दै लेखेका छन् । ‘तेरो भरौटेहरूको पो बा भइस्। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा-छोरीको मृत्युको पीडा बुझ्थिस। यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन। त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस।’


सरकारले सामाजिक सञ्जाल प्रतिको प्रतिबन्ध फुकुवा गरे सगै बालेनले आफ्नो अफिसियल फेसबूक मार्फत आतंकवादीको संज्ञा दिँदै पोस्ट गरेका छन्।











