ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

सुर्खेत : सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर स्थित घण्टाघर चोक नजिकै रहेको डी-नमस्ते होटेलबाट ६ जनालाई पक्राउ गरेको छ।

निषेधाज्ञा जारी भएको अवस्थामा विभिन्न पार्टीका कार्यकर्ता र जेन–जी (Gen-Z) समूहका युवाहरुले सामूहिक भेला गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले रंगीन पाटीलाई जानकारी दिए।

 

पक्राउ पर्नेमा नेकपा एमाले निकट युवा संघका जुम्ला कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय बद्री बोहोरा, वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतका ३१ वर्षीय मोहन थापा, कालिकोट पचालझरणा ३ का १८ वर्षीय महेश कठायत,  तिलागुफा १ का २४ वर्षीय प्रेम बूढा, शुभकालिका ३ का २६ वर्षीय पुष्पराज शाही र सोही गाउँपालिकाका १८ वर्षीय मिलन बस्नेत रहेका छन्।

डी- नमस्ते होटलमा बिहान देखी पत्रकार सम्मेलन भन्दै जेन- जी प्रदर्शनकारीहरुले भेला गरिरहेका थिए। प्रहरीले निषेधाज्ञा जारी भएको अवस्थामा सामूहिक भेला, भीडभाड लगायतका गतिविधि नगर्न आग्रह समेत गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP