ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

सुर्खेत : नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटजस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको खोजीकार्य सुरु गरेको छ ।

यही भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन र आन्दोलनका क्रममा संरचना ध्वस्त गर्ने, सरकारी तथा निजी सम्पत्ति जलाउने, आम सर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नहरुलाई खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रहरीले ती घटनाहरूमा प्रत्यक्ष वा परोक्ष संलग्न व्यक्तिहरूको पहिचानका लागि सर्वसाधारण नागरिकसँग पनि सहयोग  मागेको छ।
प्रहरी सूचना जारी गर्दै आन्दोलनका क्रममा खिचिएका तस्बिर, भिडियो, वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिङ्कहरू भए [email protected] मा पठाईदिन अनुरोध समेत गरेको छ।

नेपाल प्रहरीले यस्तो सहयोग गर्ने सबैको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने जनाउँदै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने बताएको छ।
साथै प्रहरीले तोडफोड, आगजनी वा लुटपाट जस्ता गतिविधिहरू शान्तिपूर्ण आन्दोलनको मर्यादाविपरीत भएको बताउँदै, कानूनी कारबाहीबाट कसैलाई पनि उन्मुक्ति नदिइने जनाएको छ।

सूचना पढ्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP