ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

पूर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकामा विगत एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोटबाट रिले भएर सञ्चालन हुँदै आएको मुड्केचुलामा टेलिफोन सेवा बन्द भएपछि एक महिना देखि सिंगो गाउँपालिका नै संचार सुविधाबाट बञ्चित हुँदै आएको हो।

 

शुक्रबार गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय डोल्पामा पत्र पठाई सम्बन्धित निकायलाई तत्काल सेवा सुचारु गर्न आग्रह गरेको छ ।

महिनौ देखि टेलिफोनको सेवा बन्द भएको भनी नेपाल टेलिकम डोल्पा र सुर्खेत कार्यालयसँग पटक–पटक सम्पर्क गर्दा पनि समस्या समाधान नभएको गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए।

गाउँपालिकाले डोल्पा प्रशासनलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमसँग आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै दशैँअघि नै सेवा सुरु हुने व्यवस्था मिलाइदिन पत्र मार्फत माग गरेको छ।

साथै पालिकाले जुम्ला जिल्लाको मौरे लेखस्थित रिले टावरलाई मुड्केचुला–५ पातीहाल्नमा रहेको टावरसँग जडान गरी दीर्घकालीन रूपमा सेवा प्रवाह गर्न पनि सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP