बुधबार , असार ३, २०८३

जुम्ला: जुम्लाको हिमा गाउँपालिकाले गत आर्थिक वर्षमा करिब २६ लाख ४३ हजार रूपैयाँ आन्तरिक राजस्व संकलन सहित विभिन्न  शीर्षकका १०९ वटा योजना सम्पन्न गरेको छ।

पालिकाले गत आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएको हो।

पालिकाले लाखौं रुपैयाँ राजस्व संकलन सगै ‘एक घर एक धारा’ नीतिका साथ  क्रमशः सबै घरमा खानेपानीको धारा जोडेको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए। उनले भने ‘ पालिका भित्रका ८० प्रतिशत घरधुरीमा धारा जडान गरिएको र बाँकीमा पनि चाँडै गरिने छ।’

उनका अनुसार पालिकामा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो। उक्त योजनाबाट पालिका भित्रका करिब दुई हजार ३०२ घरधुरीमा ‘एक घर एक धारा’ को पहुँच पुगेको छ।

शुद्ध खानेपानीको पूर्वाधार निर्माणका लागि गाउँपालिकाको सहकार्यमा ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना’ मार्फत खानेपानी विस्तार गरिएको पालिकाका अध्यक्ष लक्ष्मीबहादुर शाहीले जानकारी दिए।

गतवर्ष सञ्चालन गरिएको गाउँमै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट करिब ९७१ जनाले सेवा लिएको पालिकाले जनाएको छ।

यसैगरी, सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्न थालिएको छ। ‘छोरीको सुरक्षा जीवनभरि’ को कार्यक्रमअन्तर्गत ५६ जनाको बैंक खाता खोलिएको पनि गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार बैंक सेवामार्फत ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता वितरण गर्ने नीतिअनुसार ४८८ जनाले सेवा लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP