जाजरकोट । जाजरकाेटको शिवालय गाउँपालिका-५ स्थित एक घरमा आगलागी भएको छ। बिहीबार बिहान करिब ६ बजेको समयमा वडा नं. ५ थालारैकरस्थित चाप्टका करवीर शाहीको घरमा आगलागी भएको हो।
आगलागी के कारणले लागेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका केही जिन्सी सामग्री जलेर नष्ट भएका छन्।


स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको नेपाल प्रहरी ले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको अस्थायी प्रहरी पोस्ट थालारैकरले जानकारी दिएको छ।











