ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा अवैध रूपमा लुकाएर राखिएको सालको काठ बरामद गरिएको छ। बुधबार दिउँसो करिब ४:४६ बजेको समयमा बराहताल गाउँपालिका–८ धुलेचौरस्थित ४३ वर्षीय भुपेन्द्र बहादुर थापाको घरबाट ४२ थान (टुक्रासहित) करिब ३९.८३ क्युबिक फिट सालको चिरान काठ बरामद गरेको हो।

स्रोतका अनुसार विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय बाबियाचौर र डिभिजन वन कार्यालय भेरीको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो। यता, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख राधाकृष्ण दासले उक्त घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताए।

उनले यस विषयमा सबै विवरण डिभिजन वन कार्यालय भेरीसँग रहेको भन्दै थप टिप्पणी गर्न अस्वीकार गरे। स्रोतका अनुसार थापा रास्वपा सुर्खेत सह-सचिव तथा संगठन बिभाग प्रमुख समेत रहेका छन्।

उनी लामो समयदेखि ठेक्कापट्टाको काममा संलग्न रहेको रास्वपा सुर्खेतका एक नेताले जानकारी दिए। यस विषयमा बुझ्न खोज्दा थापाले फोन उठाएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP