विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थीहरू आज पनि सडकमा ओर्लिएका छन् ।
संयुक्त विद्यार्थी संगठनको आह्वानमा पछिल्लो केही दिनयता आन्दोलनरत विद्यार्थीहरूले आज बिहान प्रदर्शनीमार्गस्थित नेपाल ल कलेजअगाडि मार्चपास गरेका हुन् । प्लेकार्डसहित मार्चपासमा उत्रिएका कानुनका विद्यार्थीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गरे ।


नेपाल ल क्याम्पस स्ववियु सभापति समीर रिजालले नेतृत्व गरेको प्रदर्शनमा ‘क्याम्पसमा प्रहरी होइन प्राध्यापक चाहिएको छ’, ‘क्याम्पसभित्र पठन पाठन भईरहेको छ, प्रहरी प्रशासन खबरदार’, ‘कालो चस्मा कालो मन, नयाँ सरकारको उपलब्धि धनै धन’, ‘विद्यार्थी एकता जिन्दावाद’, ‘संगठन खारेज लोकतन्त्रको अपमान हो’ जस्ता नारा लेखिएका प्लेकार्ड देखाइएको छ ।
सरकारले विश्वविद्यालय तथा प्रतिष्ठानमा रहेका राजनीतिक दलका विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियनलाई खारेज गर्ने निर्णय गरेको छ । उक्त निर्णयको विरुद्धमा विद्यार्थी संघसंगठनहरू निरन्तर आन्दोलित छन् ।











