ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

डोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पा जिल्ला कार्यसमितिले बैशाख १५ गते आयोजना गर्ने भनिएको प्रथम जिल्ला भेला स्थगित गरेको छ।

आइतबार रास्वपाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जिल्ला कार्य समितिका सचिव ज्ञान बहादुर बुढाका पिताको असामयिक निधन भएपछि उत्पन्न शोकको अवस्थालाई मध्यनजर गर्दै जिल्ला स्तरीय आपतकालीन बैठकले भेला स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

रास्वपाले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा साथ र ऐक्यबद्धता जनाउँदै पूर्व निर्धारित कार्यक्रम अनुसार हुने भनिएको भेला अब अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको उप- सभापति युवराज शाहीले जानकारी दिए ।

भेला स्थगित हुँदा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति रास्वपाले क्षमायाचना समेत गरेको छ । साथै, आगामी कार्यक्रमबारे जानकारी यथाशीघ्र सार्वजनिक गरिने उल्लेख गरिएको छ।

यस अघि रास्वपा प्रदेश समितिले भने प्रदेश कार्यसमितिका महामन्त्री ललित कुमार चन्दलाई जिल्लामा तदर्थ समिति गठनको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP