ताजा
शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||    डोल्पामा जिप दुर्घटना: घाइते ९ जनाको परिचय खुल्यो  ||    डोल्पाको भित्तीमा जिप दुर्घटना, ९ जना घाइते  ||    रुकुम पश्चिममा जिल्ला छोरी सञ्जाल गठन  ||    डोल्पाको पातीहाल्ना-डोप्केसेरा क्षेत्रमा मकैबालीमा क्षति पुर्‍याउने घोडा नियन्त्रणमा  ||   
सोमबार , असार १, २०८३

प्रमिला विश्वकर्मा/बाँके। बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधि आयोजक कोहलपुर रेसिङ साहारा क्लबले जितेको छ ।  कोहलपुर  नगरपालिका २ स्थित कोहलपुर रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ साहारा क्लबले पहिलोपटक कोहलपुर गोल्डकपको उपाधि जितेको हो ।

फाइनल खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो । फाइनल खेल सुरु ५ मिनेटमै कोहलपुर रेसिङ साहारा क्लबका १८ नम्बर जर्सीका खेलाडी चेतन चौधरीले गोल गरेका थिए ।

दोस्रो हाफको पहिलो मिनेटमै नेपाल पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल फर्काउँदै नतिजा बराबर गरेका थिए । ९० मिनेटको खेलमा दुवै टिमले थप गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा पुग्यो । पेनाल्टीमासमेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेको थियो ।

सडेन डेथमा रेसिङ साहाराका फागुराम चौधरी, चेतन चौधरी, सन्दिप के.सी. र सुजन मगरले गोल गरेर नतिजा आफ्नो पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गोल फर्काएका थिए ।

विजेता कोहलपुर रेसिङ साहारा क्लबले ट्रफी,मेडल,प्रमाणपत्रसहित आठ लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेता नेपाल पुलिस क्लबले मेडल,प्रमाणपत्रसहित चार लाख रूपैयाँ प्राप्त गरेको हो ।

विधागत विधातर्फ कोहलपुर रेसिङ साहारा क्लबका कप्तान तथा गोलरक्षक मुकुन्द घर्तीमगर प्लेअर अफ टुनामेन्ट बन्दै ५१ हजार रुपैयाँ प्राप्त गरे । कोहलपुर रेसिङ साहारा क्लबका प्रशिक्षक नजक केसी उत्कृष्ट प्रशिक्षक बन्दै मेडल प्रमाणपत्र र दश हजार रुपैयाँ प्राप्त गरे ।

कोहलपुर रेसिङ साहारा क्लबका चेतन चौधरी वेष्ट डिफेन्डर र कोहलपुर रेसिङसाहारा क्लब लक्ष्मण राना मगर राईजिङ प्लेयर अफ द टुर्नामेन्ट बन्दै नगद् १०/१० हजार रुपैयाँ प्राप्त गरे । नेपाल पुलिस क्लब शत्रुधन चौधरी बेष्ट गोलकिपर, नेपाल पुलिस क्लबका राम वाजी वेष्ट मिडफिल्डर र नेपाल पुलिस क्लबका आशिष थारु वेष्ट फरवार्ड/उच्च गोलकर्ता बन्दै समान १०÷१० हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

चौथो कोहलपुर गोल्डकप–२०८३मा आठ टिम सहभागी थिए । चौथो कोहलपुर गोल्डकप–२०८३ वैशाख १९ गतेदेखि सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP