बुधबार , जेठ २७, २०८३

पूर्ण सार्की / डोल्पा । हिमाली जिल्ला डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत दुई महिना सम्मपनि आएका छैनन् ।

संघीय सरकारले गत चैत १९ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका शाखा अधिकृत श्याम शरण गैह्रेलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। तर खटाइएको लामो समय बितिसक्दा पनि उनी गाउँपालिकामा नआएको पालिकाले जनाएको छ।

खटाइएको लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नआएपछि गाउँपालिकामा कार्यरत सातौँ तहका कृषि अधिकृत विशाल पौडेलले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै प्रशासनिक कामकाज सञ्चालन गरिरहेका छन् ।

गाउँपालिकामा कार्यरत एक कर्मचारीका अनुसार खटाएका प्रमुख प्रशासकीय अधिकृत नपुगी पालिकाको प्रशासनिक कामकाज प्रभावित बन्ने अवस्था सिर्जना भएपछि कार्यपालिकाको बैठकले निर्णय गरेर वरिष्ठ अधिकृत पौडेललाई निमित्तको जिम्मेवारी दिएको हो ।

‘नयाँ हाकिम साप आउछु त भन्दै हुनुहुन्छ । अब कहिले आउनु हुन्छ खै’, उनले भने ‘सँगै खटाइएका जिल्ला भित्रका अन्य पालिकाका प्रमुख प्रशासकीय अधिकृतले कामकाज सुरु गरिसके, हाम्रोमा कहिले आउने हुन् टुंगो छैन।’

गाउँपालिकाका अनुसार दैनिक प्रशासनिक कार्य, योजना कार्यान्वयन, आर्थिक तथा सेवा प्रवाहसम्बन्धी कामहरू निमित्त जिम्मेवारीमा रहेका कर्मचारीमार्फत अघि बढाइँदै आएको छ। तर स्थायी रूपमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत उपस्थित नहुँदा निर्णय प्रक्रिया र प्रशासनिक व्यवस्थापनमा थप चुनौती थपिएको पालिकाको भनाइ छ।

जिल्लाका अन्य स्थानीय तहमा सोही अवधिमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूले हाजिर भई नियमित कामकाज सुरु गरिसकेका छन्। तर छार्का ताङसोङमा भने प्रमुख प्रशासकीय अधिकृत नआउँदा प्रशासनिक नेतृत्वको अभाव देखिएको छ।

सरकारले कागजमा कर्मचारी व्यवस्थापन पूरा भएको दाबी गरे पनि दुर्गम भेगका स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP