बुधबार , जेठ २७, २०८३

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा स्थानीय तहमा मानव मलमुत्रजन्य फोहोर व्यवस्थापन सहितको पूर्ण सरसफाइ कार्ययोजना सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आइतबार देखि नगरपालिकाको सभाहलमा आयोजित दुई दिने अभिमुखीकरणमा स्थानीय तहमा मानव मलमुत्रजन्य फोहोरको सुरक्षित व्यवस्थापन, दिगो सरसफाइ प्रणालीको विकास तथा पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

आयोजना सहयोग इकाइ (सुस्वा) सुर्खेतको सहजीकरण तथा त्रिपुरासुन्दरी नगरपालिका तथा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना डोल्पाको आयोजनामा सञ्चालित दुईदिने अभिमुखीकरणमा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय व्यवसायी, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पूर्ण सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन तथा स्थानीय तहको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास सहित गरिएको कार्यक्रममा सरसफाइ व्यवस्थापनलाई स्थानीय तहको योजनासँग जोड्दै मानव स्वास्थ्य, वातावरणीय संरक्षण तथा स्वच्छ समुदाय निर्माणका लागि आवश्यक रणनीति र कार्ययोजनाबारे छलफल समेत गरिएको पालिकाका वास संयोजक धन प्रसाद बुढाले जानकारी दिए ।

अभिमुखीकरणमा सहभागीहरूले स्थानीय स्तरमा फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी चुनौतीहरूको पहिचान गर्दै समाधानका उपायबारे समेत सुझाव दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP