बुधबार , जेठ २७, २०८३

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको आजै अपराह्न ३ बजे सपथग्रहण कार्यक्रम तय गरिएको छ।

यसअघि सम्पत्ति लगायत विभिन्न विषयमा विवादमा परेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेका आरोपहरूको छानबिन गर्न विशेष समिति गठन गरेको थियो।

छानबिन समितिले गुरुङलाई आरोपबाट मुक्त गर्दै प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको जनाइएको छ।

प्रधानमन्त्री कार्यालयले सपथग्रहणका लागि राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचार गरिसकेको स्रोतले जनाएको छ। गुरुङको पुनरागमनसँगै गृह मन्त्रालयको नेतृत्व फेरि उनैले सम्हाल्ने भएका छन्।

सरकारले छानबिन प्रतिवेदनका आधारमा गुरुङलाई पुनः मन्त्री पदमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP