ताजा
शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||    डोल्पामा जिप दुर्घटना: घाइते ९ जनाको परिचय खुल्यो  ||    डोल्पाको भित्तीमा जिप दुर्घटना, ९ जना घाइते  ||    रुकुम पश्चिममा जिल्ला छोरी सञ्जाल गठन  ||    डोल्पाको पातीहाल्ना-डोप्केसेरा क्षेत्रमा मकैबालीमा क्षति पुर्‍याउने घोडा नियन्त्रणमा  ||   
सोमबार , असार १, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाका एक युवा सशस्त्र प्रहरी सिपाहीले ६ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।

जिल्लाको मुड्केचुला गाउँपालिका-०९ होर्त स्थायी घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म दुनैमा कार्यरत प्रहरी जवान तुलराम बुढाले मनाङस्थित ६,०३८ मिटर अग्लो चुलु फार इष्ट हिमाल सफलतापूर्वक आरोहण गरेका हुन्।

सशस्त्र प्रहरी बलको माउन्टेन तालिम अन्तर्गत सञ्चालन गरिएको आरोहण अभियानमा सहभागी बुढाले २०८३ साल वैशाख २९ गते मंगलबार बिहान ६:४४ बजे हिमालको चुचुरोमा पुगेर सफलता हासिल गरेका थिए। उनले चुलु फार इष्ट हिमाल आरोहण पछि नेपालको राष्ट्रिय झण्डा फहराउँदै हिमालको शिखर चुमेका हुन्।

पहिलोपटक हिमाल आरोहणको अवसर पाएका बुढाले यो सफलता आफ्नो जीवनको अविस्मरणीय उपलब्धि भएको बताएका छन्। ‘नेपालको झण्डा बोकेर ६ हजार मिटरभन्दा अग्लो हिमाल सफलतापूर्वक आरोहण गर्न पाउँदा अत्यन्त गर्व र खुसी लागेको थियो ‘ उनले भने।

उनका अनुसार पहिलो हिमाल आरोहणमै प्राप्त सफलताले आगामी दिनमा अझ अग्ला हिमालहरू चढ्ने आत्मविश्वास र उत्साह थपिएको छ।

सशस्त्र प्रहरी बलको तालिममार्फत प्राप्त अवसरलाई सदुपयोग गर्दै कठिन हिमाली चुनौती पार गरेका बुढाले युवा पुस्ताका लागि उदाहरण समेत प्रस्तुत गरेका छन्। उनको सफल आरोहणले डोल्पाको पहिचान र सम्भावनालाई राष्ट्रिय स्तरमा थप उजागर गरेको स्थानीयवासीले बताएका छन् ।

हेर्नुहोस् तस्बिर 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP