ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

जाजरकोट, साउन १९ । जाजरकोटको शिवालय गाउँपालिकामा  साँझपख देखि बिहानसम्म मोबाइल नेटवर्क नचल्ने समस्या देखिएको छ। घाम अस्ताएलगत्तै नेटवर्क गायब हुने र भोलिपल्ट बिहान ७ बजेतिर मात्र सेवा सुचारु हुने गरेको शिवालयका स्थानीयबासीले गुनासो गरेका छन् ।

 

पश्चिम जाजरकोट विकास समाज शिवालय गाउँपालिकाका कार्यक्रम व्यवस्थापक रामप्रसाद जैसीका अनुसार, साँझ ६ बजेदेखि नेटवर्क गायब हुने गर्दछ भने वर्षा र बादल लागेका दिनमा दिउँसै पनि सिग्नल हराउने गरेको छ। यसले आपतकालीन सेवामा समस्या परेको भन्दै उनले  गुनासो गरेका छन् । ‘अलिकति पानी परे वा बादल लागे पनि नेटवर्क बन्द हुन्छ’।

 

शिवालय–५ का महेन्द्र शाहीले पनि मौसम प्रतिकूल हुँदा फोन सेवा काम नगर्ने बताए। उनका अनुसार, घाम लागेको दिनमा बेलुकी ८ बजेसम्म सेवा चल्ने गरे पनि पानी परेमा दिउँसै सिग्नल हराउने गर्छ। ‘फोनमा कुरा गर्न पाइने दिन मात्रै घाम लागेको दिन हो,’ उनले भने।

 

स्थानीय झकेन्द्र शाहीका अनुसार पनि साँझ ५ बजेसम्म मात्र सेवा उपलब्ध हुन्छ। ‘राति त जहिल्यै पनि नेटवर्क बन्द हुन्छ,’ उनले बताए।

 

शिवालय गाउँपालिकाकी उपाध्यक्ष गीता शाहीका अनुसार, गाउँको नेपाल टेलिकम टावर सौर्य ऊर्जाबाट सञ्चालित भएकोले लगातार घाम नलाग्दा ब्याट्री चार्ज नहुन गई सेवा अवरुद्ध हुने गरेको हो। ‘सोलारबाट चल्ने टावरमा चार्ज नहुँदा टावर नै बन्द हुन्छ,’ । उनले नयाँ ब्याट्री जडानका लागि नेपाल टेलिकमसँग पटकपटक आग्रह गरे पनि हालसम्म कुनै ठोस पहल नभएको बताइन्।

यस विषयमा नेपाल टेलिकम जाजरकोटका इन्जिनियर प्रकाश उपाध्यायले प्राविधिक समस्या भएको स्वीकार गरेका छन्। ‘घाम नलाग्ने भएकाले सौर्य प्रणालीबाट चल्ने टावरमा ब्याकअप नपुग्दा रातिको समयमा सेवा बन्द हुने हो,’ । उनले चालु वर्षभित्र नयाँ ब्याट्री जडान गर्ने योजना रहेको समेत जानकारी दिए।

 

यस समस्याले आपतकालीन अवस्थाको खबर आदानप्रदानमा बाधा पुर्‍याउँदै आएको छ भने स्थानीयबासीले छिटो समस्या समाधानको माग गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP