ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

श्रावण १९, डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित करबगाड खोलामा यही साउन १७ गते राति आएको बाढीले बेलिब्रिजमा क्षति पुर्याएको छ।

भेरी करिडोरअन्तर्गत जाजरकाेट- डोल्पा सडक खण्ड अन्तर्गत पर्ने यो खोलामा निर्मित बेलिब्रिजको तल्लो भागको जमिन कटान गरेर क्षति बनाएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख डिएसपी रुक बहादुर खड्काले जानकारी दिएका छन ।

निरन्तर वर्षा सँगैको बाढीले बेलिब्रिजकाे तल्लो भाग कटान गरेपछि बेलिब्रिज भत्किने संभावना रहेको छ।

बाढीले बेलिब्रिजको तल्लो जमीन नै कटान गरी पुल नै जोखिममा परेपछि स्थानीयले भेरी करिडोरलाई जानकारी गराएका थिए। स्थानीयको जानकारी पश्चात अहिले करिडोरले युक्त बेलिब्रिजमा भत्किएको स्थानमा २ दिन पछि अस्थायी मर्मत कार्य सुरु गरेको छ।

तर, पुलको अवस्था कमजोर भएका कारण डोल्पातर्फ आउने गरुङ्गो सवारीसाधनको आवागमन हाललाई रोकिएको छ। मर्मत पश्चात भने पुनः सञ्चालनमा ल्याउने बताइएको छ। सुरक्षाकर्मीको उपस्थितिमा हलुका सवारी साधन भने जोखिम मोलेर सावधानीपूर्वक संचालन भइरहेका छन् ।

डोल्पा राष्ट्रिय सडक सञ्जाल जोडिएको वर्षौ पुगिसक्दा समेत करिडोर अन्तर्गत पर्ने खोला नालाहरुमा कतै पक्की पुल त कतै बेलिब्रिज नबन्दा वर्षायाममा डोल्पा बासीले निकै शास्ती खेप्नु परिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP