ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट स्थित छलगाड लघु जलविद्युत आयोजना आजदेखि पुनः सञ्चालनमा आउने भएको छ। करिब २० दिन सम्म पूर्ण रुपमा विद्युत सेवा अवरुद्ध रहँदा अन्धकारमा बस्न बाध्य स्थानीयवासीले अब नियमित रूपमा विद्युत सेवा पाउने भएका छन्।

गत महिनाको अन्तिमतिर छलगाड खोलामा आएको बाढीले विद्युतको मुख्य बाँध भत्काएपछि विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। विद्युत अवरुद्ध हुँदा त्रिपुरासुन्दरी १ का करिब ३५० घरधुरी प्रभावित भएका थिए।

त्रिपुरासुन्दरी नगरपलिकाको १ नं वडा कार्यालयले बांध निर्माणमा आवश्यक बजेट विनियोजन गरी बाँध पुनर्निर्माणको केही काम अस्थायी रूपमा सम्पन्न भएपछि आजदेखि विद्युत सेवा पुनः सञ्चालनमा आएको वडा अध्यक्ष रामचन्द्र कुलालले जानकारी दिए।

फोटो: पूर्ण सार्की

अहिले त्रिपुराकोटका स्थानीयवासीहरूले विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन सक्रियता देखाउने वडा कार्यालय र धन्यवाद व्यक्त गरेका छन्। उनीहरूका अनुसार विद्युतको अभावले राति उज्यालो, मोबाइल चार्ज, टिभी हेर्नेदेखि दैनिक जीवनका धेरै कार्य प्रभावित भएका थिए।अब विद्युत सेवा पुनः सुरु भएपछि स्थानीयको जनजीवन सहज हुने छ।

छलगाड खोलामा आउने बाढीले वर्षेनी विद्युतमा क्षति पुर्याउँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य छ। कुलो मात्रै नभई २०६४ सालमा डब्लुडब्लुएफ , शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जकोको सहयोगमा ३३ किलो वाट क्षमतामा निर्मित विद्युतले स्थापना कालदेखि नै निरन्तर सेवा दीरहेको छ। युक्त विद्युत अहिले जीर्ण अवस्थामा छ। विद्युतमा आवश्यक सबै उपकरणहरु जीर्ण अवस्थामा हुंदा त्रिपुराकोट बासीले निकै शास्ती खेप्नु परेको छ ।

 

स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायले विद्युत प्रति चाँसो नदेखाउँदा अहिले यो विद्युत ओझेलमा परेको छ। विद्युतको राष्ट्रिय प्रसारण लाइनको सपना मात्रै देखेका डोल्पा बासीले भाको साना जलविद्युत पनि यसरी जीर्ण अवस्थामा रहँदा कसैले चासो भने देखाएका छैनन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP