ताजा
डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||   
सोमबार , असार १, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोमा परी तीन महिला घाइते भएकी छन् ।
शुक्रबार बिहान त्रिपुरासुन्दरी नगरपालिका ९ चूँ गाउँमा दशैंको लागि घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा सोही गाउँकी तीन महिला घाइते भएकि हुन ।

माटोको ढिस्कोमा परी त्रिपुरासुन्दरी ९ चु गाउँकी अन्दाजी ७० वर्षीया बिनरुपा बोहोरा, २९ वर्षीया मनपुरा बि.क र २९ वर्षीया अरुना थकाली घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले रंगीन पाटीलाई जानकारी दिएको छ।

माटोको ढिस्कोमा परी घाइते भएकी तीनै जनालाई  जिल्ला अस्पताल दुनैमा उपचारका लागि ल्याइएको थियो।
घाइते तीन मध्य बोहोराको मुखभित्र रगत निस्किएको र बाँया आँखामा चोट लागेको छ भने , विकको शरीरको तल्लो भागमा भित्री चोट लागी हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको कारण घाइते दुवैलाई कर्णाली प्रदेश अस्पताल रिफर गरिएको छ भने थकालीको भने अवस्था सामान्य रहेको अस्पतालले रंगीन पाटीलाई जानकारी दिएको छ।

हिन्दूहरुको महान चाड दशैं नजिकिए सगै अहिले डोल्पाका स्थानीय बासिन्दा सदाझैं घर लिपपोतमा व्यस्त देखिन्छन् ।
घर लिपपोतका लागि माटो खन्दा विशेष सावधानी अपनाएर खन्नु हुन जिल्ला प्रशासन कार्यालय डोल्पाले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP