कैलाली: कैलालीको घोडाघोडी नगरपालिका–८ मा एक युवकको विभत्स हत्या भएको छ। गएराति सुर्खेतको चौकिने गाउँपालिका ३ घर भएका २८ वर्षीय केशरसिंह बुढालाई धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैले बुढाको घाँटी रेटी टाउको छुट्याएपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए। टाउको बिनाको शव भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)रमेश दत्त अवस्थीका अनुसार, सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जना राति नै प्रहरीमा पुगेका थिए।

“राति ११ बजेतिर हत्या भएको सूचना प्राप्त भयो। हत्यामा संलग्न दुई जनाले नै टाउको बोकेर हतियारसहित प्रहरीमा आएका थिए,” डीएसपी अवस्थीले भने, “घटनाको थप अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार, मृतक र अभियुक्तहरू स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका बेला विवाद भएको थियो। सोही क्रममा धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेर हत्या गरिएको बताइएको छ। उनीहरूबीच पहिले चिनजान नभएको पनि प्रहरीले जनाएको छ।

हाल घटनास्थललाई सुरक्षा घेरामा राखिएको छ भने सुर्खेतबाट मृतकका आफन्त आइरहेका कारण शव उठाइएको छैन। घटनाको विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP