ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा। भेरीकरिडोर सडक खण्ड अवरुद्ध भएको छ । करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्ड भित्र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-०९ धाउने क्षेत्रकोसडकमा बाक्लो लेदो सहितको पहिरो जम्दा बुधबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।

मंगलबार रातिदेखिको लगातार परेको वर्षापछि लेदोसहितको पहिरो सडकमा जमेपछि भेरीकरिडोर सडकखण्ड अवरुद्धहुँदा डोल्पा भित्रिने र बाहिरिने सयौँ यात्रु तथा दर्जनौँ सवारीसाधन बाटोमै अलपत्र परेका छन्।

विशेष गरेर डोल्पादेखि नेपालगञ्ज, काठमाडौं लगायतका सहरका लागि छुटेका सवारीसाधनहरु सँगै यात्रुहरु अलपत्र परेका छन् । त्यस्तै डोल्पा भित्रिने सवारी साधन समेत त्यही रोकिएको स्थानीयले जानकारी दिएका छन् । दुवैतर्फका यात्रु घण्टौँदेखि सडक खुल्ने प्रतीक्षामा रहेका छन्।

सडकअबरुद्द भएको घण्टौपछि सडक खुलाउन स्काभेटर पठाइएको भेरी करिडोर कार्यालयले जनाएको छ। आज बिहानै सडकका विभिन्न स्थानमा पनि यस्तै प्रकृतिको लेदो जमेकाले ती स्थान सफा गर्दै अघि  बढ्नुपरेकाले केही ढिलाइ भएको करिडोर कार्यालयका सूचना अधिकारी गिरिश नन्दनले जानकारी दिए ।

‘आज बिहानैदेखि सोही क्षेत्रमा धेरै ठाउँमा लेदोसहितको पहिरो खसेको छ। हामी सबै स्थानको पहिरो पन्छाउने काममा जुटेका छौँ,’ उनले भने, ‘सबै ठाउँ सफा गर्दै अघि बढ्नुपरेकाले केही ढिलाइ भएको हो। अब केहीबेरमै धाउने क्षेत्रमा पनि सडक खुलाएर एकतर्फी रूपमा सवारी सञ्चालन गर्ने तयारी गरेका छौँ।’

अहिले धाउने क्षेत्रको सडकसमेत खुलाउने काम अन्तिम चरणमा पुगेको र छिट्टै एकतर्फी रूपमा सवारी सञ्चालन गराउने तयारी भइरहेको उनले बताए।

वर्षायाम सुरु भएसँगै भेरी करिडोरमा पहिरो, लेदो र सडक अवरोधको समस्या दोहोरिन थालेको छ। तर दीर्घकालीन समाधान र तत्कालीन व्यवस्थापनमा सम्बन्धित निकायको प्रभावकारी ध्यान नपुगेको भन्दै यात्रु तथा सवारी चालकले गुनासो गरेका छन्।

वर्षेनी यस्तै समस्या दोहोरिए पनि पूर्वतयारी र आपत्कालीन व्यवस्थापन प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ।

स्थानीय लाल बहादुर सार्कीले भेरी करिडोर कार्यालय जाजरकोटमा रहेकाले डोल्पा खण्डमा उत्पन्न हुने सडक समस्या तत्काल सम्बोधन गर्न कठिनाइ र ढिलाइ हुने गरेको गुनासो गरे ।

डोल्पामै कार्यालय वा प्रभावकारी प्राविधिक संयन्त्र नहुँदा सामान्य पहिरो हटाउनसमेत लामो समय लाग्ने र यात्रुहरू घण्टौँदेखि कहिलेकाहीँ दिनौँसम्म अलपत्र पर्ने अवस्था दोहोरिने गरेको उनले बताए।

डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको भेरी करिडोरमा वर्षेनी दोहोरिने सडक अवरोध र यात्रुको सास्तीप्रति सम्बन्धित निकायको उदासीनताप्रति स्थानीयले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP