ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका-१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

बुधबार बिहान करिब ११ः४५ बजे सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सेराघारी क्षेत्रको सडकमै पल्टिएको थियो ।

सडक दुर्घटनामा परी घाइतेहरूको उद्धार गरी उपचारका लागि मेहेलकुना अस्पताल, कर्णाली प्रदेश अस्पताल र कर्णाली केयर अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका सुर्खेतको सिम्ता गाउँपालिका-९ का ४० वर्षीय गणेश वली, गुर्भाकोट-१३ की २३ वर्षीय ममता पुन र ५ वर्षीय रियाज शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउमा उपचाररत भइरहेको छ ।

त्यस्तै तनहुँकी ३९ वर्षीय भावना राई, उनका २ वर्षीय छोरा प्रज्वल राईको वीरेन्द्रनगरस्थित कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

सिम्ता-९ की ४५ वर्षीय विष्णुमाया सुनार, १० वर्षीय प्रविन सुनारको माया नर्सिङ होममा उपचारमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा परी गुर्भाकोट नगरपालिका-१४ की ३२ वर्षीय जैसरा बुढा, ६० वर्षीय भूमिसरा खड्का, ४२ वर्षीय उदयराम भुजेल, ४५ वर्षीय धनमाया भुजेल, सिम्ता-९ की ३२ वर्षीय टिका खत्री, ६० वर्षीय भीमबहादुर थापा, ५५ वर्षीय तुलसरा सुनार , गुर्भाकोट- १४ का १२ वर्षीय सक्षम बुढा, गुर्भाकोट-१२ का १५ वर्षीय प्रीति गुरुङ, गुर्भाकोट- १४ की १७ वर्षीय भावना आले, सिम्ता-९ की मनिषा थापाको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि चालक गगन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP