ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्लामा आइतबार भएको दुई घटनाका पीडितलाई तत्काल राहत, पुनःस्थापना तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै डोल्पादेखि नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले जिल्लामा भएको बाढीपहिरो र जीप दुर्घटनाका पीडितलाई तत्काल राहत, पुनःस्थापना तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बुढाले आफू अत्यन्तै भारी मन र गहिरो शोकका साथ संसदमा उभिएको बताउँदै डोल्पा जिल्ला यतिबेला दोहोरो विपत्तिले स्तब्ध बनेको उल्लेख गरे। उनले आइतबार बिहान करिब १ बजे जगदुल्ला गाउँपालिका-०५ गैरी गाउँमा आएको विनाशकारी बाढीपहिरो र आइतबार दिउँसो मौरेलेकमा भएको जीप दुर्घटनाले जिल्लालाई शोकमा डुबाएको बताए।

सांसद बुढाले बाढीमा परी ज्यान गुमाएकी ५६ वर्षीया आनन्दी विक र जीप दुर्घटनामा मृत्यु भएका ३८ वर्षीय विष्णु बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना समेत व्यक्त गरे। साथै उनले दुई बालबालिकासहित १९ जना घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

उनले नेपाल सरकारसँग मृतकका परिवार तथा घरवारविहीन बनेका प्रभावित परिवारलाई प्रशासनिक ढिलासुस्ती नगरी तत्काल पर्याप्त आर्थिक सहायता, खाद्यान्न, लत्ताकपडा र सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरे। साथै, दुई बालबालिकासहित घाइते भएका १९ जनाको पूर्ण रूपमा निःशुल्क र गुणस्तरीय उपचारको सुनिश्चितता गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद बुढाले विपद्को कठिन घडीमा सम्पूर्ण डोल्पावासीलाई धैर्य धारण गर्न आग्रह गर्दै उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज तथा सहयोगी सबैप्रति धन्यवाद समेत व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP