डोल्पा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मुड्केचुला गाउँकमिटीको प्रथम बैठक सम्पन्न भएको छ ।
गाउँकमिटीकी कोषाध्यक्ष लीला पुनको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले गाउँस्तरीय नेतृत्व चयन गर्दै गाउँकमिटीको इन्चार्जमा बागबहादुर बूढा ‘पवन’लाई सर्वसम्मत रूपमा चयन गरेको छ ।



त्यसैगरी सह-इन्चार्जमा जयप्रसाद बूढा, जलसरी बूढा, देवबहादुर परियार र किर्ती बहादुर बूढालाई चयन गरिएको नेकपाले जनाएको छ।

यस्तै, बैठकले टोपबहादुर बूढा ‘आकार’लाई गाउँ कमिटीको संयोजकमा निर्विरोध चयन गरेको छ। सह-संयोजकमा तेजी शाही, दलबहादुर बूढा र मायादेवी बोहोरालाई जिम्मेवारी प्रदान गरिएको छ।

बैठकले संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको थियो। साथै, पालिकाभित्रका १० जना पार्टी सदस्यलाई जिल्ला कमिटी सदस्यका लागि सिफारिस गर्ने निर्णय पनि गरेको नेकपाले जनाएको छ।













