ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा स्रोत नखुलेको लाखौं रुपैयाँसहित पक्राउ परेका दुईजनाको परिचय खुलेको छ ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-०१ त्रिपुराकोटमा संयुक्त सुरक्षा चेकजाँचको क्रममा सदरमुकाम दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी-०७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तीचन्द्र रोकायलाई लाखौं रुपैयाँसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विनय कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार प्रहरीले उनीहरुको साथबाट स्रोत नखुलेको नगद कुल ५५ लाख ९० हजार रुपैयाँ फेला परेको थियो। पक्राउ परेका दुई मध्य एकजना त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुखका भाइ रहेको स्थानीयले बताएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म मुख्यालय डोल्पाको २१ सदस्यीय संयुक्त सुरक्षा टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो ।

बरामद गरिएको रकमसहित दुवै जनालाई कानुनबमोजिम नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP