ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) डोल्पाको जिल्ला स्तरीय एकता बैठक सम्पन्न भएको छ। केन्द्रमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच भएको एकीकरणपछि संगठनलाई जिल्ला तहसम्म सुदृढ बनाउने उद्देश्यले आयोजित बैठकले २ सय ९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको नेकपाका जिल्ला संयोजक धर्मजित बोहोरा ‘विस्फोट’ले जानकारी दिए ।

उनका अनुसार बैठकको अघिल्लो दिन सोमबार सदरमुकाम दुनैस्थित जिल्ला पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरूको परामर्श बैठक बसेको थियो। त्यसको निष्कर्षअनुसार मंगलबार सम्पन्न एकता बैठकबाट नयाँ जिल्ला कमिटी घोषणा गरिएको हो।

नेकपाका जिल्ला इन्चार्ज हंसबहादुर शाहीले २ सय ९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए। बैठक तथा प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेश समिति सहसंयोजक ठगेन्द्र प्रकाश पुरी प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक बोहोराले गरेका थिए।

बैठकमा नवगठित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि पुरीले सपथ ग्रहण गराएका थिए। पार्टी एकीकरणपछि गठन भएको नयाँ नेतृत्वलाई संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनतामाझ पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको नेकपाका नेताहरूले बताएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोल्पाबाट नेकपाका धनबहादुर बुढा निर्वाचित भएका थिए।

एकता बैठकमा नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP