ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

पूर्ण सार्की/ डोल्पा: नेकपा माओवादी केन्द्रले नेकपा एस सहित सात दल सग गरेको एकता पछि दुर्गमका नागरिक निराशामा छन्।

विशेष गरी माओबादी पृष्ठभूमि भएको कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका माओवादी पार्टीका पुराना कार्यकर्ता अहिले निकै निराश देखिन्छन् ।

लामो समय सम्म डोल्पाको लेखमा गोठाला बसी गाउँ फर्किएका एक कार्यकर्ताले भने “माओवादी पार्टीमा आधा जिन्दगी बिताएँ, तर आज त्यो पार्टी नै छैन भन्ने सुन्दा मन पोल्यो।”

उनी माओवादी आन्दोलनको सुरुदेखि सक्रिय कार्यकर्ता थिए। पार्टीप्रति निष्ठा, विश्वास र त्याग गरेर बिताएको समय सम्झँदा अहिले आफैंलाई धोका खाएको महसुस भइरहेको उनले बताए।

“पार्टीकै लागि आफन्त, दाजुभाइसँगको सम्बन्ध टुट्यो, सम्पत्ति सकियो, रिन लाग्यो। कतिसँग झगडा भयो, कतिसँग दुश्मनी। तर अन्ततः पार्टी नै हराएछ ” उनले दुखेसो पोखे।

 

लामो समय विगत यो परिवर्तनका अग्रसर रहेको माओवादी पार्टी समाजवादीसँग एकीकृत भै एउटै पार्टी बनेको खबर सुन्दा तल्लो तहका कार्यकर्ता अझै स्तब्ध छन्। “अब माओवादी भन्ने पार्टी छैन भने, हाम्रै सपना र योगदानको अर्थ के भयो?” भन्ने प्रश्न उनीहरूसँग गुनासोझैं बगेको छ।

 

त्यो पीडाले रंगिन पाटीसग कुरा गर्दै एक कार्यकर्ताले भने, ‘अब पुराना दलहरूसँग मेरो विश्वास टुटिसक्यो। राजनीति होइन, युवाहरूलाई समर्थन गर्छु। भ्रष्ट, दलाल र माफीयाको विरोध गर्नु पर्छ।’

 

तत्कालीन नेकपा माओवादी केन्द्र डोल्पामा उनीजस्ता हजारौं कार्यकर्ता अहिले राजनीतिक नेतृत्वप्रति निराश छन्। गाउँमा माओवादी कार्यकर्ताले अहिले एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टी सग सन्तुष्ट छैनन् । यो एकताले नेताहरूको सत्तासंघर्ष र एकताभन्दा तलका जनकार्यकर्ता नै सबैभन्दा पीडित बनेका छन्।

“हिजोका ती उत्साही कार्यकर्ताहरूको पीडा देख्दा मन भारी हुन्छ। पार्टी, सत्ता र पदका खेलमा सच्चा कार्यकर्ता बिस्थापित भइरहेका छन्। अब पार्टी होइन, विचार र इमानको राजनीति गर्नुपर्ने समय आएको छ।”

एकता पछि माओवादी केन्द्र दुई भागमा विभाजीत भएको छ। जनार्दन शर्मा प्रभाकर, सुदन किराँती जस्ता  नेताहरु एकताको विपक्षमा उभिदै स्वार्थबादका कारण एकता भएको बताउँदै एकता पछिको नेपाली कम्युनिष्ट पार्टीमा छैनन।

अहिले डोल्पामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु यो एकता पछि बनेको पार्टी सग खासै सन्तुष्टि छैनन। सन्तुष्टि नभएपनि बाहिरीरूपमा नेता तथा कार्यकर्ताहरु कुन पक्ष तिर लाग्ने भन्ने नै खुल्न सकेका छैनन । विगत लामो इतिहास बोकेको माओवादी पार्टीले अहिले आफ्नो चिन्ह सगै नाम नै हराएको भन्दै जिल्लामा आलोचना समेत भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP