ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

                          प्रिय आशिका,

आज तिम्रो जन्मदिन—त्यही शुभ दिन, जब म पहिलोपल्ट बाबु बनेँ, जब तिमी हाम्रो जीवनमा आशिर्वाद बनेर आएको पनि छैटौ वर्ष पूरा भयो । छ वर्षअघि २०७६ मंसिर ३ गते दिउँसो ठीक ३ः१५ बजे, छिन्चु स्वास्थ्य चौकीको प्रसूति कक्षभित्र तिम्रो आमासँगै अनमीहरूको हातमा तिमीले पहिलोपटक यो धर्ती नियालेको क्षण आज पनि मुटुमा ताजा छ । यदि त्यो दिनको हाम्रो खुसी मापन गर्ने कुनै यन्त्र हुन्थ्यो भने, त्यो यन्त्रले पनि हाम्रो परिवारको खुशी मापन गर्न नसक्ने थियो होला ।

जन्मदिनको लाखौं—लाख शुभकामना मेरी प्यारी गुडिया छोरी आशिका 

छोरी, सन्तानको जन्मदिन सबै बाबुआमाका लागि अमूल्य हुन्छ । किनभने सन्तान भनेको रगत–पसिना, सपनाहरू र भावनाले बुनेको अद्वितीय उपहार हो । सबै छोरीको भाग्यमा बाबु–आमा लेखिएका हुन्छन् तर छोरी पाउने भाग्य त कमै बाबुआमालाई मात्र हुन्छ । त्यस अर्थमा तिमी हाम्रो जीवनको सौभाग्य, उपहार र वरदान हौ ।

तिम्रो बाबु भएकोमा म आज पनि गर्व गर्छु ।

तिम्रो आगमनले हाम्रो परिवारमा नयाँ उज्यालो छरियो । सानैदेखि तिमी हँसिली, प्रिय, सन्तोषी र अत्यन्तै चञ्चले स्वभावकी छौ । मीठो बोली, सोझो मन, बुझ्ने क्षमता र परिपक्व विचारहरूसँग तिमी सानै उमेरमै सबैको मन जित्न सफल भएकी छौ । तिम्रा कुराहरू, तिम्रा हाँसो र तिम्रो न्यानो स्पर्शले आज पनि बाबुको मन फुरुङ्ग पार्छ ।

तिमी धेरै बोल्छौ—यो राम्रो हो । बोलिरहनू, किनकि नबोल्ने मान्छेलाई समाजले थिच्छ । तर छोरी, अनावश्यक, दुःख दिने शब्द कहिल्यै नबोल्नु । शब्दले मानिस चिनिन्छ, त्यसैले तिमी असल बन्नु, विनयशील बन्नु ।

तिमीप्रति भएको माया, स्नेह, न्यानोपना अनन्त छ । बाबुको मनले सधैं यही प्रार्थना गर्छ—यी नजरहरूबाट तिमी कहिल्यै टाढा नपरोस, जीवनभर सुरक्षा, माया र सद्बुद्धिको आशिर्वाद साथ रहोस्।

छोरी, सिङ्गो समाजका धेरै दुखेका मनहरूको खुसी बन्ने शक्ति तिमीमा रहोस्। ठूलो मान्छे बन्नु भन्दा पहिला असल मानिस बन्नु—जीवनको सबैभन्दा ठूलो सफलता त्यही हो । चुनौतीहरू आए मुस्कुराउँदै सामना गर्न सक, र तिम्रो प्रत्येक पाइला प्रगतिको शिखरसम्म चढिरहोस्।

सप्तरङी रंगझै तिम्रो जीवनमा उमङ्ग बिझोस,

दुःख तिम्रो ढोकासम्म आइपुग्ने बित्तिकै शक्तिले लठ्ठ पारोस,

बिहानीको पहिलो किरणझैँ तिमी सधैं उज्यालो बनिरहोस्।

जन्मदिनको अवसरमा,

मेरो अमिट माया, निस्वार्थ आशीर्वाद र अनन्त स्नेह सधैं–सधैं तिम्रो शिरमा रहोस्।आउने प्रत्येक ऋतु तिम्रो जीवनमा बसन्त बनेर आउन,सारा ब्रह्माण्डले साथ दिओस्।जन्मदिनको लाखौं–लाख शुभकामना मेरी गुडिया छोरी आशिका, बाबु र सम्पूर्ण परिवारको तर्फबाट—

असीमित माया, आशीर्वाद र उज्ज्वल भविष्यको कामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP