ताजा
‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||    डोल्पामा जिप दुर्घटना: घाइते ९ जनाको परिचय खुल्यो  ||    डोल्पाको भित्तीमा जिप दुर्घटना, ९ जना घाइते  ||   
सोमबार , असार १, २०८३

पूर्ण सार्की/सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का कार्यवाहक सभापति डिपि अर्याल सहित शीर्ष नेतृत्वहरु शुक्रबार सुर्खेत आउने भएका छन्।

कर्णाली प्रदेशमा शुक्रबार (भोलि) हुने प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न पार्टीका कार्यवाहक सभापति अर्यालसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिस झा, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, केन्द्रीय सदस्य तथा नीवर्तमान प्रतिनिधि सभा समानुपातिक सांसद बिनिता कठायत लगाएतका शीर्ष नेतृत्वहरु शुक्रबार सुर्खेत आउन लागेको रास्वपा कर्णाली प्रदेश  सभापति मदन खड्काले जानकारी दिए।

सभापति खड्काले भोलि वीरेन्द्रनगरको दैलेख रोडचोक स्थित अशोका होटलमा हुने प्रदेश स्तरीय राजनीतिक प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको समेत जानकारी दिए।

उनले भोलि हुने प्रशिक्षणमा कर्णालीका स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशका पदाधिकारीसहित करिब ३०० जना सहभागी हुने जानकारी दिए । भोलि हुने प्रशिक्षणमार्फत कर्णालीका सबै पालिकामा सङ्गठन विस्तार गर्ने, पार्टी बलियो बनाउने कार्यक्रम जनतासम्म पु¥याउने लक्ष्य राखिएको छ ।

रास्वपाले कर्णालीमा हुने प्रशिक्षण कार्यक्रमलाई आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लक्षित रहेको समेत जानकारी दिएको छ ।

यो पनि पढ्नु होस्: 

रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार वीरेन्द्रनगरमा हुने

https://ranginpati.com/4391/

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP