ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

पूर्ण सार्की/ सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भोलि शुक्रबार सुर्खेतमा हुने भएको छ ।

कर्णालीमा पार्टी संगठनलाई प्रदेश,जिल्ला देखि पालिकास्तर सम्म विस्तार गरी सङ्गठन बलियो बनाउने उद्येश्यले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम गरिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिले जानकारी दिएको छ।

पार्टीको केन्द्रीय प्रशिक्षण विभागका अनुसार सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम भएको र बाँकी रहेको कर्णालीमा भोलि सञ्चालन गर्ने योजना रहेको छ ।

भोलि हुने प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय समितिका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिस झा, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, केन्द्रीय सदस्य तथा नीवर्तमान प्रतिनिधि सभा समानुपातिक सांसद बिनिता कठायत लगाएतका नेताहरुको उपस्थिति रहने छ ।

अन्य सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम गरेको रास्वपाले भोलि कर्णालीको सुर्खेतमा प्रदेश र केन्द्रका नेता तथा कार्यकर्तालाई भेला गर्न वीरेन्द्रनगरमा उपयुक्त स्थान भएकाले यहाँ प्रशिक्षण आयोजना गर्न लागिएको रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले रंगिन पाटीलाई जानकारी दिए ।

खड्काले पार्टी स्थापना भएको केही वर्षमै सदस्य सङ्ख्या बढ्दै गएपछि पार्टीका आधिकारिक दस्ताबेज, नीति र कार्यक्रम तथा केन्द्रका परिकल्पनालाई तल्ला तहसम्म पु¥याउने उद्देश्यले केन्द्रीय सर्कुलर अनुसार कर्णालीमा पनि प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लगिएको बताए ।

उनले भने, ‘पार्टीका तल्ला कमिटी प्रशिक्षित भएमा हाम्रा नीति, कार्यक्रम र उद्देश्य जनतासम्म सहजै पुग्छन् ।’

प्रशिक्षणमार्फत सबै पालिकामा सङ्गठन विस्तार गर्ने, पार्टी बलियो बनाउने र कार्यक्रम जनतासम्म पु¥याउने लक्ष्य राखिएको छ ।

प्रशिक्षणमा केन्द्रले दिनुपर्ने जानकारीबाहेक तल्ला तहबाट केन्द्रलाई अपेक्षित सुझाव सङ्कलन गर्ने व्यवस्था समेत गरिएको छ ।

रास्वपा कर्णाली प्रदेश सभापति खड्काले प्रशिक्षणमा स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशका पदाधिकारीसहित करिब ३०० जना सहभागी हुने जानकारी दिए । रास्वपाले भोलि कर्णालीमा हुने प्रशिक्षण कार्यक्रमलाई आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लक्षित रहेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP