ताजा
शनिबार , जेठ २३, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा नेपाली सेनाका जवानबाट भएको कुटपिट तथा अमानवीय व्यवहारको निष्पक्ष छानबिनको माग गर्दै सदरमुकाम दुनैमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।

गत पुस ३ गते साँझ खुदेगौडा ( सुलीगाड) स्थित नेपाली सेनाको चेकजाँच पोस्टमा एक सैनिक जवानले मदिराको तालमा जीप चालकलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपपछि घटनाको विरोध चर्किदै गएको छ ।

उक्त घटनाप्रति जिल्लाका राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाहरूले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग समेत गरेका छन्।

शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीबाटै नागरिक असुरक्षित बन्न थालेको भन्दै डोल्पामा प्रश्न उठिरहेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूले जिल्लामा कार्यरत केही सैनिक जवानको दादागिरीपूर्ण व्यवहार, मनपरी चेकजाँच र अमानवीय व्यवहारले राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताएका छन्।

जिल्ला स्थित राजनीतिक दलहरुले जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सुरक्षाको नाममा सर्वसाधारण माथि डर, त्रास र अपमान थोपरिने कार्य तत्काल रोक्न माग गरेका छन् ।

संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि सुरक्षाकर्मीबाटै प्रहार हुनु लज्जास्पद भएको उल्लेख गर्दै “डोल्पाजस्तो विकट जिल्लामा सुरक्षाकर्मी नै राज्यको प्रत्यक्ष अनुहार हुन्, तर उनीहरूको गैरजिम्मेवार व्यवहारले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती थपिएको छ।”ध्यानाकर्षण पत्रमा भनिएको छ।

साथै घटनाको सत्यतथ्य छानबिन गर्दै दोषी सुरक्षाकर्मीमाथि तत्काल कारबाही, चेकपोष्ट व्यवस्थापन सुधार तथा मानवअधिकारमैत्री सुरक्षा प्रणाली लागू गर्न माग गरिएको छ।

ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेस डोल्पाका दशरथ रोकाया, नेकपा एमाले डोल्पाका नरबहादुर बुढा, नेपाली कम्युनिस्ट पार्टीका बिरमल कुमार भण्डारी र धर्मलाल बुढा तथा नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढालगायतले हस्ताक्षर गरेका छन्।

यो पनि पढ्नुहोस्:

नेपाली सेनाका जवानद्वारा चेकपोइन्ट मै सर्वसाधरणमाथी कुटपिट https://ranginpati.com/4483/

ज्ञापनपत्र बुझाउनुअघि डोल्पा संयुक्त यातायात प्रालिका अध्यक्ष विशाल रोकाया, नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले दोषी सैनिक जवानमाथि कारबाहीको माग गर्दै दुनै बजारमा नारासहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

घटनापछि युवा मानवअधिकार रक्षक सञ्जाल डोल्पाद्वारा पनि सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नु पर्ने भन्दै विज्ञप्ति समेत निकालिएको छ।

त्यस्तै घटनाको विरुद्ध नेपाल विद्यार्थी संघ, राष्ट्रिय युवा संघ, डोल्पा स्थित यातायात प्रालिहरुले समेत विज्ञप्ति निकाल्दै घटनाको छानबिनको लागि माग गरेका छन्।

जनहितमा जारी सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP