डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।
जिल्ला बैतडी दशरथचन्द नगरपालिका–२ घर भई हाल डोटीमा बस्दै आएका अन्दाजी २१/२२ वर्षीय दिपक बोहरा मंगलबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।


घटनापछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ।










