ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक संगठन विस्तार गर्ने तयारी गरेको छ। यसका लागि पार्टीले तदर्थ समिति गठन गर्ने प्रक्रिया अघि बढाएको हो।

रास्वपाको कर्णाली प्रदेश सचिवालयको गत चैत २५ गते बसेको बैठकले वैशाख १५ मंगलबार जिल्लाभेला आयोजना गरी तदर्थ समिति गठन गर्ने निर्णय गरेको प्रदेश सभापति मदन खड्काले जानकारी दिए। उनका अनुसार सोही भेलामार्फत औपचारिक रूपमा डोल्पामा संगठन विस्तारको सुरुवात गरिनेछ।

डोल्पामा संगठन सुदृढीकरणलाई लक्षित गर्दै तदर्थ समिति गठनका लागि प्रदेश महामन्त्री ललित कुमार चन्दलाई संयोजकको जिम्मेवारी दिइएको छ। साथै भेलाको सम्पूर्ण व्यवस्थापन तथा आवश्यक समन्वयका लागि भिमा केसी, देब सिंह ऐडी, ओमेन्द्र केसी, दान बहादुर बुढा, सुवास कार्की, युवराज शाही र हिमाल बुढालाई जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ।

तदर्थ समिति गठन जिल्ला समन्वय समितिको सभा हलमा गरिने कार्यक्रम तय गरिएको छ। उक्त भेलामा पार्टीमा आबद्ध सदस्य, शुभेच्छुक तथा समर्थकहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

यसअघि संगठन विस्तार नभएको डोल्पामा रास्वपाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोगेको थियो। यद्यपि समानुपातिकतर्फ भने उल्लेखनीय मत प्राप्त गर्दै पार्टी जिल्लामा तेस्रो बनेको थियो।

डोल्पामा पहिलो पटक औपचारिक संगठन विस्तारको तयारीसँगै रास्वपाले आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP