डोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पाको पहलमा जिल्ला अस्पताल दुनैलाई २५ प्रकारका आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
जेनजेड समूह कर्णाली प्रदेश संयोजक प्रकाश खड्काको नेतृत्वमा उक्त सामग्री संकलन गरी जिल्ला अस्पताललाई उपलब्ध गराइएको हो। रास्वपा डोल्पाका विभिन्न पदाधिकारीहरूको सक्रिय सहभागितामा स्वास्थ्य सामग्री जुटाएर अस्पतालसम्म पुर्याइएको रास्वपा डोल्पाले जानकारी दिएको छ।


स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने तथा सहजीकरण गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
सामग्री हस्तान्तरणको अवसरमा जेन्जी समूह कर्णाली प्रदेश संयोजक खड्का तथा रास्वपा डोल्पाका प्रतिनिधिहरूले आइतबार जिल्ला अस्पतालको अवस्थासहित जिल्लाको समग्र स्वास्थ्य क्षेत्रका समस्याबारे छलफल गरेका थिए।
उक्त छलफलबाट संकलित सुझाव तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहल गरिने रास्वपा प्रतिनिधिहरूले बताएका छन्।











