ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ स्थित चुगाँड खोलामा मालबाहक ट्रक फस्दा सडकखण्ड अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब १० बजे नेपालगञ्जबाट डोल्पातर्फ आउँदै गरेको मालबाहक ट्रक उक्त खोलामा फसेपछि भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको मजबुत यातायात प्रालिका त्रिपुराकोट इन्चार्ज रवीन्द्र सार्कीले जानकारी दिए ।

उनका अनुसार ट्रक खोलामै अड्किएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ। सडक अवरुद्ध हुँदा डोल्पा भित्रिने तथा बाहिरिने सवारीसाधन घण्टौँदेखि बीच बाटोमै रोकिएका छन् भने डोल्पाबाट नेपालगञ्ज, सुर्खेत हुँदै काठमाडौँतर्फ जाने यात्रुहरू अलपत्र परेका छन् ।

घण्टौंदेखि सडक अवरुद्ध हुँदा स्थानीय सरकारले कुनै चासो नदिएपछि स्थानीय, यात्रुहरु तथा चालकहरू ट्रक हटाउने प्रयासमा जुटेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP