ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

जाजरकोटमा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। आज (सोमवार) देखि सुरु भएको कक्षा १२ को परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिन पुगेका उनीहरू पक्राउ परेका हुन्।

जिल्लाको बारेकोट गाउँपालिका–२ स्थित वीरन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्सा परीक्षा केन्द्रमा सरिता बिक.को स्थानमा परीक्षा दिन पुगेकी बारेकोट गाउँपालिका–६ टासी बस्ने २० वर्षीया सम्झना बि।क। पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी एक्कबहादुर नेपाली जानकारी दिनुभयो।

यस्तै रमेश नेपालीको स्थानमा परीक्षा दिन पुगेका नलगाड नगरपालिका–६ गर्सेना बस्ने १५ वर्षीय मानबहादुर नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सूचना अधिकारी नेपालीका अनुसार सहायक निरीक्षक कृष्णबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई परीक्षा केन्द्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई हाल जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP