ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

पूर्ण सार्की/ डोल्पा । हिमाली जिल्ला डोल्पाको चुगाँड खोलामा मालबाहक ट्रक फस्दा अवरुद्ध भएको सडक खण्ड १५ घण्टा पछि खुलाउने तयारी गरिएको छ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाका ०९ स्थित चुगाँड खोलामा मालबाहक ट्रक फसेपछि अवरुद्ध भएको भेरिकरिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड खुलाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रशासनले सडक अबरुद्धको विषयमा ढिलो जानकारी पाउँदा सडक खुलाउन ढिलो भएको जनाएको छ ।

सडक अवरुद्ध भई यातायात ठप्प र यात्रुहरु अलपत्र परेको जानकारी पश्चात अवरुद्ध ट्रकलाई हटाई सडक खुलाउन प्रशासनको पहलमा डोजर पठाइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

‘मैले पनि ढिलो जानकारी पाए, जानकारी पश्चात सडक खुलाउन निरन्तर पहल गरिरहेको छु ।’ उनले भनिन् ‘समन्वय अभावले ढिलो भयो , अवरुद्ध ट्रक हटाउन पूर्वाधार कार्यालयसंगको समन्वयमा डोजर पठाएका छौं। चाँडै नै सडक खुल्ने छ ।’

सडक अवरुद्ध भएको घण्टौंसम्म पनि स्थानीय सरकार र भेरीकरिडोर कार्यालयले बेवास्ता गर्दा सवारी र यात्रु अलपत्र परेका हुन् ।

उक्त ठाउँमा ट्रक फसेर सोमबार बिहानदेखि सडक अवरुद्ध हुँदा डोल्पा भित्रिने तथा बाहिरिने सवारीसाधन घण्टौँदेखि बीच बाटोमै रोकिएका छन् भने डोल्पाबाट नेपालगञ्ज, सुर्खेत हुँदै काठमाडौँतर्फ जाने यात्रुहरू अलपत्र परेका छन् ।

सडक अवरुद्ध हुँदा बीच बाटोमै अलपत्रपरी आफ्नो गन्तव्यतिर जान नपाएका यात्रुहरु अहिले नजिकैको त्रिपुराकोट बगर बजारमा बसिरहेका छन्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP