ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पाको चुगाँड खोलामा मालबाहक ट्रक फस्दा अवरुद्ध भएको सडक खण्ड खुलेको छ ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाका ०९ स्थित चुगाँड खोलामा सोमबार बिहान मालबाहक ट्रक फसेपछि अवरुद्ध भएको भेरिकरिडोर अन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड राति ११ बजे खुलाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

सडक अवरुद्ध भई यातायात ठप्प र यात्रुहरु अलपत्र परेको जानकारी पश्चात अवरुद्ध ट्रकलाई हटाई सडक खुलाउन प्रशासनको पहलमा डोजर पठाइएको थियो ।

उक्त ठाउँमा ट्रक फसेर सोमबार बिहानदेखि सडक अवरुद्ध हुँदा डोल्पा भित्रिने तथा बाहिरिने सवारीसाधन घण्टौँदेखि बीच बाटोमै रोकिँदा डोल्पाबाट नेपालगञ्ज, सुर्खेत हुँदै काठमाडौँतर्फ जाने यात्रुहरू अलपत्र परेका थिए ।

डोजरको प्रयोगमा मध्यराती फसेको ट्रक हटाएसंगै मंगलबार बिहानदेखि सवारी साधन आवतजावत भैरहेको प्रशासनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP