ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

आज २५७०औँ बुद्ध जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण सबै वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिन नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक बुद्ध जयन्ती मनाउने परम्परा छ।

बुद्ध जन्मस्थल लुम्बिनी मा आज विशेष कार्यक्रम आयोजना गरिएको छ। विश्वभरका श्रद्धालुहरूको आस्थाको केन्द्र लुम्बिनीलाई भव्य रूपमा सजाइएको छ। मायादेवी मन्दिर परिसर, पुष्करिणी पोखरी लगायतका क्षेत्रहरू रङ्गीबिरङ्गी बत्तीले झिलीमिली पारिएका छन्।

विभिन्न स्तूपा र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ। लुम्बिनी विकास कोष ले विशेष सरसफाइ अभियान सञ्चालन गरेपछि अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ।

दिवसका अवसरमा लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना तथा शान्ति र्‍याली आयोजना गरिएको छ। मुख्य समारोह अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने जनाइएको छ।

आयोजकका अनुसार मूल कार्यक्रममा प्रधानमन्त्री बालेन शाहलाई निम्तो गरिए पनि उनी उपस्थित नहुने जानकारी दिएका छन्। प्रमुख अतिथिका रूपमा डोलप्रसाद अर्याल तथा विशिष्ट अतिथिका रूपमा गनेश पौडेल सहभागी हुने कार्यक्रम तय भएको छ।

बुद्ध जयन्ती मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु लुम्बिनी पुगेका छन्। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ र भक्तजनहरूले शान्तिपूर्ण रूपमा पर्व मनाउन सक्ने वातावरण मिलाइएको छ।

यस वर्षको बुद्ध जयन्तीले विश्वभर फैलिएको द्वन्द्व र युद्धका बीच शान्ति, सद्भाव र भाइचाराको सन्देश फैलाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP