ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा । नेपाल पत्रकार महासंघ डोल्पा शाखाका अध्यक्ष सरोज थापाको पहिलो साङ्गीतिक कोशेली सार्वजनिक भएको छ।

फोक्सुण्डो मिडिया एण्ड म्युजिक प्रालिको प्रस्तुतिमा तयार गरिएको ‘चितामा जल्नै परे पनि’ बोलको गीत शनिबार ‘सरोज थापा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यो थापाको पहिलो आधिकारिक साङ्गीतिक प्रस्तुति हो।

चोखो माया, निस्वार्थ प्रेम र जीवनभरको साथको भाव व्यक्त गरिएको उक्त गीतमा अध्यक्ष थापासँगै र नेपालकै बहुचर्चित लोकगायिका शान्तिश्री परियारले स्वर दिएकी छन्।

गीतको शब्द तथा लय नेपाल पत्रकार महासंघ डोल्पा शाखाका सचिव लेख बुढाले सिर्जना गरेका हुन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्।

गीत सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष थापाले ‘चितामा जल्नै परे पनि’ केवल एउटा गीत मात्र नभई चोखो प्रेम, अटल विश्वास र जीवनको अन्तिम क्षणसम्म साथ निभाउने भावनाको अभिव्यक्ति भएको बताए।

उनले यो गीत आत्माको स्वर, सम्बन्धको गहिराइ र समर्पणको कथा भएको उल्लेख गर्दै अहिले अडियो संस्करण मात्र सार्वजनिक गरिएको र म्युजिक भिडियोको छायांकन चाँडै गरिने जानकारी दिए।

थापाको पहिलो साङ्गीतिक कोशेली सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP