ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विषयगत शाखा प्रमुखहरू तथा छवटै वडाका वडा सचिवहरूले आर्थिक वर्षभरि सम्पन्न भएका कार्यक्रम, उपलब्धि, सिकाइ र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।

गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, वडा अध्यक्षहरू तथा शाखा प्रमुखहरूको उपस्थितिमा सम्पन्न समीक्षा कार्यक्रममा प्रत्येक शाखाले आफ्नो वार्षिक कार्यसम्पादन, उपलब्धि तथा आगामी सुधारका क्षेत्रबारे जानकारी गराएको रोजगार शाखा प्रमुख मकबुल अहमद मुकेरीले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले वार्षिक प्रगति प्रस्तुत गर्ने सबै शाखा प्रमुख तथा वडा सचिवहरूलाई धन्यवाद दिँदै आगामी दिनमा परिणाममुखी र प्रभावकारी ढंगले काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। उनले समीक्षा कार्यक्रमले संस्थागत सुधार, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा आगामी योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रस्तुतीकरणपछि सहभागीहरूबीच पृष्ठपोषण, छलफल तथा सुझाव संकलन गरिएको थियो।

रोजगार शाखा प्रमुख मकबुल अहमद मुकेरीले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शाखा प्रमुख, वडा सचिवलगायत ४५ भन्दा बढी जनाको सहभागिता रहेको थियो। कार्यक्रमको समापन गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP