ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

 संघीय संसद् सचिवालयले संघीय संसद्का सबै सदस्यलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण कानुनले तोकेको समयसीमाभित्र अनिवार्य रूपमा पेस गर्न आग्रह गरेको छ।

शुक्रबार सांसद सुविधा व्यवस्थापन शाखाले सार्वजनिक गरेको सूचनामा भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सांसदहरूले आफ्नो तथा परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण स्रोत र प्रमाणसहित बुझाउनुपर्ने उल्लेख गरिएको छ।

सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिबाट ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म सम्पत्ति विवरण पेस गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

 

सचिवालयले विवरण बुझाउँदा सिलबन्दी खाममा सदस्यको नाम, आर्थिक वर्ष, लिङ्ग, पद, कार्यालय, स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिएको छ। प्रतिनिधिसभा सदस्यले आफ्नो जिल्ला वा निर्वाचन क्षेत्र नम्बर तथा राष्ट्रियसभा सदस्यले आफू निर्वाचित भएको प्रदेशको विवरणसमेत समावेश गर्नुपर्ने जनाइएको छ।

सम्पत्ति विवरण भर्ने आधिकारिक फाराम सांसद सुविधा व्यवस्थापन शाखाबाट प्राप्त गर्न सकिने तथा संघीय संसद् सचिवालयको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP