कालिकोटमा जिल्ला छोरी सञ्जालको अध्यक्षमा प्रतिभा सञ्ज्याल निर्विरोध चयन भएकी छन्। कर्णाली प्रदेश छोरी सञ्जालकी अध्यक्ष सङ्गीता दमाईको अध्यक्षतामा शुक्रबार सम्पन्न भेलाले ७ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गर्दै अध्यक्षमा सञ्ज्याललाई निर्विरोध चयन गरेको हो।
सञ्जालको उपाध्यक्षमा शान्ति चौलागाईं, सचिवमा सचालिका चौलागाईं, सहसचिवमा अनिता न्यौपाने र कोषाध्यक्षमा स्मृति विष्ट चयन भएकी छन्। त्यसैगरी सदस्यहरूमा असारी रोकाया, भाविका खड्का रहेकी छन्।


जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने छोरीहरूको सहभागितामा सम्पन्न भेलाले छोरीहरूको हक, अधिकार, नेतृत्व विकास तथा सशक्तीकरणका विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव तथा निर्णय समेत पारित गरेको थियो ।

नवनिर्वाचित सञ्जालले जिल्लाभर छोरीहरूको हक अधिकार संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।












