ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

बाँके। बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृह परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। बास नेपाल वातावरण विभागको आयोजनामा हरित वातावरण निर्माण तथा साउन महिनालाई हरित महिनाका रूपमा मनाउने उद्देश्यले सुधार गृहको परिसरमा विभिन्न प्रजातिका बिरुवा र केराका बिरुवा रोपिएको हो।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले केराको बिरुवा रोपेर गरेका थिए। सो अवसरमा मन्त्री खत्रीले बिरुवा रोप्नु भनेको भावी पुस्ताको भविष्य सुरक्षित गर्नु भएको उल्लेख गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा हरित विकासका लागि प्रत्येक नागरिकले वर्षमा कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले हरित अभियानमा लुम्बिनी प्रदेश सरकारको निरन्तर सहयोग र सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गरे।

बास नेपाल वातावरण विभाग प्रमुख हेमन्तराज काफ्लेले हरियालीसँगै सकारात्मक सोचको विकास र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार सामूहिक सहभागितामार्फत हरित वातावरण निर्माणप्रति प्रतिबद्धता जनाउँदै वृक्षारोपण गरिएको हो।

कार्यक्रममा समाजसेवी जेकेएस सिंहले जयन्दु बाल सुधार गृह परिसरमा केरासहित विभिन्न प्रजातिका बिरुवा रोपिएको उल्लेख गर्दै यस्ता अभियानले प्रकृतिप्रतिको माया, जिम्मेवारी र आत्मनिर्भरताको भावना विकास गर्न सहयोग पुग्ने बताए। उनले वातावरण संरक्षणका क्षेत्रमा बास नेपालले सञ्चालन गर्दै आएका अभियानको प्रशंसा गरे।

डिभिजन वन कार्यालयको सहयोगमा पारिजात, अर्जुन, कटहर, सितलचिनी, कल्कीलगायत बहुउपयोगी तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवा रोपिएका छन्। साथै फलफूल उत्पादन र हरियाली विस्तार गर्ने उद्देश्यले १०० वटा केराका बिरुवा पनि रोपिएको आयोजकले जनाएको छ।

कार्यक्रममा जग्गादाता तथा संरक्षक जेकेएस सिंह, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, लाइन्सका पूर्व गभर्नर मधुसूदन शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हंश खनाल, अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, बास नेपालका अध्यक्ष शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, समाजसेवी कमल काफ्ले, दैलेखी समाजका डीबी थापा, लेखा अधिकृत राष्ट्रि बुढा मगर, कार्यक्रम अधिकृत रविन्द्र बोहरा, देबेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा देबेन्द्र अधिकारीले ५० भन्दा बढी केराका बिरुवा सहयोग गरेका थिए। आयोजकका अनुसार वृक्षारोपण अभियानले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ प्रवर्द्धन गर्दै बाल सुधार गृह परिसरलाई थप हराभरा बनाउन योगदान पुर्‍याएको छ। आगामी दिनमा पनि यस्ता हरित अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP