ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

फिफा विश्वकप २०२६ को उपाधि स्पेनले आफ्नो नाममा लेखाएको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्व फुटबलको सर्वोच्च ट्रफी उचालेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले १०६औँ मिनेटमा गरेको निर्णायक गोल नै स्पेनको जितको आधार बन्यो।

फाइनलको अन्त्यतिर अर्जेन्टिनाले ठूलो झट्का बेहोरेको थियो। एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो, जसका कारण अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले खेलमा अग्रता कायम गर्‍यो र अन्तिमसम्म त्यसलाई जोगाउँदै विश्वकपको उपाधि जित्न सफल भयो।

पूरै खेलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाएको थियो भने अर्जेन्टिनाले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। अन्ततः टोरेसको एकमात्र गोलले स्पेनलाई पुनः विश्व फुटबलको शिखरमा पुर्‍यायो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP