ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा एक महिनाको अवधिमा १ सय १४ वटा सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाले २०८३ साल असार महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाहीबाट रु. १ लाख १५ हजार राजस्व संकलन भएको जनाएको छ।

प्रहरीका अनुसार असार महिनाभर नियमित सवारी चेकजाँच र ट्राफिक निगरानीलाई प्रभावकारी बनाइएकाले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ। सो अवधिमा १ हजार १८ वटा सवारी चेकिङ, ५६ वटा एलआरपी, २ हजार १५६ वटा एसआरपी, ५२३ वटा पिकेट तथा ४७८ वटा ग्रामीण गस्ती परिचालन गरिएको थियो।

सवारी दुर्घटनातर्फ असार महिनामा ३ वटा दुर्घटना भएका छन्। दुर्घटनामा १ जनाको मृत्यु भएको, १४ जना घाइते भएका तथा सबै घाइतेको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी विनयकुमार सिंहले जानकारी दिए।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार असार महिनामा १४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ८ वटा आर्थिक अपराध, १ वटा लागुऔषध र ५ वटा अन्य प्रकृतिका रहेका छन्। दर्ता भएका मुद्दामध्ये ८ वटा फर्छ्योट गरिएको छ भने ४ जना प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीका अनुसार यस महिनाको प्रमुख उपलब्धिमध्ये स्रोत नखुलेको रु. ५५ लाख ९० हजार नगदसहित २ जनालाई नियन्त्रणमा लिनु पनि रहेको छ। त्यसैगरी प्राकृतिक सम्पदा दोहन नियन्त्रण अभियानअन्तर्गत ६ वटा सवारी साधन नियन्त्रणमा लिई ६ जनालाई पक्राउ गरिएको तथा रु. २४ हजार जरिवाना गरिएको जनाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत असार महिनामा २३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५५० जनालाई सहभागी गराइएको छ। साथै प्रहरी हटलाइनमा प्राप्त १ हजार ३०१ वटा कलमा तत्काल प्रतिक्रिया दिइएको र १ हजार २२३ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP