ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

डोल्पा: जिल्ला समन्वय समिति डोल्पाद्वारा काईके गाउँपालिका–४ स्थित रिवा गाउँका बाढीपहिरो पीडितलाई खाद्यान्न राहतस्वरूप चामल वितरण गरिएको छ। गत असार १२ गते राति अविरल वर्षापछि आएको बाढीपहिरोले रिवा गाउँमा ठूलो क्षति पुर्‍याएको थियो।

पिडितको घाउमा अलिकति भएपनि मलम लगाउन सहायतार्थ स्वरूप राहत सामग्री प्रदान गरिएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायले जानकारी दिए।

 

समितिद्वारा रु ३५,७०० बराबरको २२ बोरा चामल राहतस्वरूप वितरण गरिएको छ। बुधबार जिल्ला समन्वय समिति डोल्पाका प्रमुख रोकायाले काईके गाउँपालिका अध्यक्ष अंगद कुमार रानालाई चामल हस्तान्तरण गरेका हुन।

 

प्रमुख रोकायाले, ‘पहिले जस्तै जिल्ला विकास समिति (जिविस) को अधिकार भएको भए थप सहयोग गर्न सकिन्थ्यो, तर हाल समन्वय मात्र गर्ने जिम्मेवारी भएकाले चाहेर पनि धेरै सहयोग गर्न सकिएको छैन,’ भन्दै दु:ख व्यक्त गरे। उनले अन्य संघसंस्थासँग थप राहतका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

बाढीपहिरोबाट घरबारविहीन भएका पीडितका घरमा केही समयका लागि भए पनि खाना पकाउने व्यवस्था होस् भन्ने उद्देश्यले चामल सहयोग गरिएको प्रमुख रोकायाले बताए।

 

राहत हस्तान्तरण कार्यक्रममा काईके गाउँपालिकाका अध्यक्ष रानाले जिल्लाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै पीडितप्रति देखाइएको संवेदनशीलताको प्रशंसा गरे। उनले अहिलेसम्म रिवा बाढीपीडितका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई समेत धन्यवाद दिएका छन्।

 

बाढीपहिरोका कारण रिवा गाउँमा तीनवटा घर र एक सामुदायिक विद्यालय पूर्णरूपमा क्षति भएका छन्। त्यस्तै १२ वटा घरमा आंशिक र २२ वटा घरमा सामान्य क्षति पुगेको छ। हालसम्म २० वटा परिवारका ३०० भन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP