ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित विकास योजनाहरू समयमै कार्यान्वयन गर्न योजना सम्झौता शिविर सञ्चालन गर्ने भएको छ। पालिकाले आगामी श्रावण २३ गते देखि योजना सम्झौता प्रक्रिया सहज र प्रभावकारी बनाउन वडा–वडामा सम्झौता शिविर सञ्चालन गर्ने निर्णय गरेको छ।

पालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित विकास योजनाहरू समयमै सम्पन्न गर्न उपभोक्ता समितिमार्फत सञ्चालित हुने सम्पूर्ण योजनाहरूको सम्झौता यहि साउन मसान्तभित्र सम्पन्न गरिने जानकारी दिएको छ। साथै, ठेक्का प्रणालीमार्फत सञ्चालित योजनाहरूको ठेक्का आव्हान भदौ १५ गतेभित्र गरिने जानकारी दिएको छ।

उक्त शिविर मार्फत सम्बन्धित उपभोक्ता समितिहरूसँग आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएका सम्पूर्ण योजनाहरुको सम्झौता गरिनेछ।

 

गाउँपालिकाले यही श्रावण २३ गते वडा नं १, २ र ३ नं वडाका लागि वडा नं २ को कार्यालय, श्रावण २४ गते वडा नं ४ को लागि सम्बन्धित वडा कार्यालय, २५ गते वडा नं ७ को लागि सम्बन्धित वडा कार्यालय, २६ गते वडा नं ८ को लागि सम्बन्धित वडा कार्यालय, २७ गते वडा नं ९ को लागि सम्बन्धित वडा कार्यालय , २८ गते वडा नं ५ का लागि सम्बन्धित वडा कार्यालय र २९ गते वडा नं ६ का लागि सम्बन्धित वडा कार्यालयमा योजना सम्झौता शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए।

गाउँपालिकाले सम्बन्धित वडा कार्यालय र सरोकारवालाहरूलाई योजना सम्झौता शिविरको लागि आवश्यक पूर्व तयारी र व्यवस्थापनमा जुट्न समेत अनुरोध गरेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP